लामाे झरना

मुग्लिङ बजारबाट नारायणगढ तर्फ लागेपछि ७ किमिको दूरीमा जलबीर भन्ने स्थल आईपुग्छ। त्यहाबाट आधा घण्टाको पैदल दूरीमा वा कच्ची मोटरबाटोबाट १० मीनेटको दूरीमा चितवनकै आकर्षक पर्यटक गनतब्यको रुपमा परिचित लामो झरना आईपुग्छ। हिउद होस वा बर्षा यहाँकाे चिसो झरनाको मजा लुटन चाहने पर्यटकहरुको ओईरो देख्न पाईन्छ। झरना अलौकिक लाग्छ। १०२ मीटर लामो झरनामा पानी निरन्तर झर्दछ। गर्मी मौसममा शीतल खोज्नेहरुको भीड झरनामा देखिन्छ। आन्तरिक तथा बाहय पर्यटकको लागि यो झरनामा क्यानोनिङका लागि चुम्बकिय आकर्षणको केन्द्रको रुपमा लोकप्रियता बढदै गएको देखिन्छ। खास गरेर सेप्टेम्बर देखि नोभेम्बर सम्म यहा क्यानोनिङको लागि उपयुक्त मानिन्छ। झरनाभित्र ९ वटा सहायक उप झरनाहरु ( छहरा ) भएकोले यो झरना क्यानोनिङको लागि बिश्वकै उत्कृष्ट १० औ स्थानको रुपमा सूचिकृत गरेको पाईन्छ। यहा महिला र पुरुषको लागि छुट्टा छुट्टै पौडी पोखरीको ब्यबस्था गरिएको छ। झरना माथि याकराङ गाँउ रहेको छ। जहा गुरुङ संस्कृतिको रसास्वादन गर्न पाईन्छ। 

सडक मार्ग पुगे पछि याकराङ गाउँ होम स्टेको लागि समेत प्रसिद्ध हुन थालेको छ।  सिँढी चढेर झरना पुग्न सकिन्छ। पानीको बहाब रोकेर पौडी खेल्न मिल्ने पोखरी बनाएको छ। गुरुङ र चेपाङ संस्कृतिलाई नजिकबाट नियाल्ने अबशर समेत जुटछ। सुन्दर प्राकृतिक मनोरम दृश्य तथा लामो छाँगाबाट झरेको पानीको फोहरा र त्यसबाट आउने शीतल पानीका कण र चिसो हावाको स्पर्शले पर्यटकलाई लोभ्याइदिन्छ।

चर्को गर्मी, कोलाहल, तनाव र थकान मेट्नका लागि पनि यो झरना आन्तरिक पर्यटकको रोजाइमा परेको छ।