ह्ववाईट वाटर राफ्टिङको लागि बिश्वकै उत्कृष्ट टप टेनभित्र पर्ने त्रिशुली नदी स्वदेशी तथा बिदेशी पर्यटकहरुको लागि आकर्षक मानिन्छ। त्रिशुली नदीबाट नेपालमा राफ्टिङ सुरू भएको हो।
साहसिक पर्यटनको क्षेत्रमा पर्ने रयाफ्टिङको लागि फिस्लिङ बजार देखि मुग्लिङ हुदै जुगेडी सम्मको रुट रयाफ्टिङको लागि प्रचलित रुट हुन। एडभान्चर मन पराउने आन्तरिक तथा बाहय पर्यटकहरु त्रिशुली नदीमा जल बिहार गर्न झुत्तिन्छन। फिस्लिङ बजार त्रिशुली नदीमा गरिने रयाफ्टिङको लगि हबको रुपमा परिचित छन। यहा दर्जनौ कम्पनीका स्टोरहरु रहेको देखिन्छ। त्रिशुली नदीमा रयाफ्टिङ गराउने रिभर गाईडहरु बिश्वकै उत्कृष्ट रिभर गाईडको रुपमा प्रसिद्ध रहेका छन। फलस्वरुप यहाका झण्डै पचास जना गाईडहरु जापान र यूरोपतिर मौसमी रोजगारका लागि बिदेश जान्छन।