जल आफैमा सृष्टि सत् को अजम्बरी श्रोत हो, शुद्धता र पबित्रताको ओत हो, जीवन र जगतको मुहान हो। सारा शक्ति र भक्तिको निशान हो। देवाधिदेव महादेवले त्रिशुल रोपी उत्पन्न गर्नु भएको पाप नाशक मुक्तिदायिनी नदी त्रिशूली र देवी माता पार्वतीको बासस्थान अन्नपूर्ण हिमालको काखबाट उत्पन।न भई बग्दै आएकी मर्स्याङ्दी नदीको पवित्र संगम स्थल जहा स्वयं भगवान शिवले समुन्द्र मन्थन पश्चात कालकुट बिषले औडा भएर हिमाल तिर प्रस्थान गर्दा एक रात बास बसेको बासुकी नागको भीमकाय चट्टान समेत रहेको रहेको सो स्थलको नजिक पवित्र संगम नदीमा अमर स्नान गरी मनकामना देवीको कान्छी बहिनी त्रिवेणी देवीको गर्भगृहमा रहेको जलकुन्डको जल लगी मनकामनाको पूजा गर्दा पूजा बिधि पूर्ण मानिने र गरिएका भाकलहरु भरिपूर्ण हुने पराम्परा रहेको छ।
यसका साथै मनकामना देवीको मूर्तिमा पसिना आउदा त्रिवेणीको जल लगी काठमाण्डौ स्थित झ्वावहालका वज्रयान तान्त्रिक बौद्ध पूजारीहरले वज्र भैरव तन्त्र साधनाद्धारा मनकामना देवीको पूजा गर्दा मूर्तिमा पसिना रोकिन गई अनिष्ट टरेको भनाई रहेको छ। सो पश्चात मनकामना मन्दिरमा गरिने बार्षिक पर्व पूजा गर्दा त्रिवेणीको जल अनिबार्यरूपमा अर्पण गर्नु पर्ने परम्परा रहेको छ। यस्ता साक्षत् शक्तिको श्रोतले सुसज्जित त्रिवेणी जल मनकामनामा अर्पण गरी पूजा गर्दा यो लोकमा मात्र होईन परलोकमा पनि मुक्तिको मार्ग खुल्ने विश्वास गरिन्छ।
Festivals & EVENTS
त्रिशूली नदीको तटमा
जलेश्वर
महादेव धाम
गुप्तेश्चर जलेश्चर महादेबको मन्दिर ईच्छाकामना गाउँपालिका वडा नं ५ मुग्लिङ स्थित त्रिशूली नदी र मर्स्याङदी नदीको संगमस्थलमा रहेको छ। भीमकाय एउटै ढुङगामा अबस्थित शिवलिङ नेपालकै नौलो र अनौठो लाग्छ। उक्त स्थलको बारेमा स्कन्द पुराणमा समेत बर्णन भएको पाईन्छ। जस अनुसार समुन्द्र मन्थनको बेला हलाहल कालाकुट बिष भगबान शिवले कण्ठमा राख्दा बिषको रापले औडा भएर हिमालय पर्बततिर जादा एक रात यही ढुङगा माथि बास बसको बर्णन पाईन्छ। स्वंय शिव भगबानले नै मूल फुटाई उत्पत्ति गरेको त्रिशूली नदीको जलले अहोरात्र एक निमेष पनि खाली नगरी अभिषेक गरिरहने यहाको शिवलिङ बिश्व कै अनुपम र अतुलिनय धार्मिक महत्व र कीर्तित्वले परिबेष्ठित भएको देखिन्छ। हरेक बर्ष शिवरात्रीको दिनमा यहा मेला लाग्ने गर्दछ।


