आँधीमुल मन्दिर

पृथ्वी राजमार्गअन्तर्गत आबुखैरेनी गाउँपालिकाको वडा नं १ सत्रसय फाँटबाट १५ मिनेटमा नै पुग्न सकिने प्रसिद्ध देबी थानको रुपमा आँधिमूल भक्तजनहरु माझ सुपरिचित छिन।  । मनले चिताएको पुग्ने जनविश्वासका कारण यहा मन्दिर दर्शन गर्नेहरु खासगरी तँन्हू जिल्ला वरपर रहेका चितवन, गोरखा, लम्जुङ, कास्की, नबलपपुर, धादिङ जिल्लाबाट बढी दर्शानार्थीहरु आउने गरेको पाईन्छ। दर्शनार्थीले विभिन्न कामना गर्दै यहाँ आएर परेवा उडाउने, बोका तथा कुखुराको बलि दिने गर्दछन् । प्यागोडाशैलीको मन्दिर, पार्क, दुई वटा पोखरी र माछाको आकृतिका २३ वटा धारालगायतका संरचनाका कारण यहाँ आउने जो कोहीको मन आनन्दित हुन्छ। कञ्चन र शितल पानी रहेको पोखरीमा पौडिदै गरेका असख्य माछाहरुको हुलले जस्तासुकै तनावमा रहेको मानिसको पनि मन शान्त तथा आनन्दित बनाउनु यहाँको विशिष्टता हो ।मगर थरका पूजारी रहेको यस मन्दिरमा ठूलो एकादशीका दिन बिशाल मेला लाग्ने गर्दछ।