बालगाैरी पाथीभरा मन्दिर

ईच्छाकामना गाउँपालिका वडा नं  २ मायाटार पन्थचुलि डाडामा बिराजमान पाथीभरा बालगौरी माताको मन्दिरमा हरेक बर्ष चैते दशैँपछिको पूर्णिमाको दिन लाग्ने प्रसिद्ध मेलामा चितवन, धादिङ, तनहुँ गोरखा लगायत जिल्लाबाट पुजाआजा गर्न र मेला हेर्न भक्तजनहरुको भीड उर्लिन्छ।  सन्तान नभएकाहरुले देबीलाई सन्तान मागेमा सन्तान प्राप्ती हुने धार्मिक विश्वास रहेको छ  ।

शक्तिखोर –फिस्लिङ ग्रामिण सडक निर्माण भएपछि सवारी साधनबाट सजिलै मन्दिर सम्म पुग्न सकिन्छ ।