कुरिनटार इच्छाकामना मन्दिर

शिरमा रहेको साक्षत् शक्तिकी देवी ईच्छाकामना मन्दिरमा नियमित पूजापाठ र दर्शन गर्न भौगोलिक बिकटता र प्रतिकूलताका कारण  समस्या देखिएकोले देवीकै साक्षत् स्वरुपलाई जगाएर बिधिबत् अनुष्ठान र बिधि बिधान पूर्बक देवीकै पाउ पर्ने त्रिशुली नदीकै किनार कुरिनटारमा देबीका स्थानीय भक्तजननरुले स्थापित तुल्याई पूजापाठको शुरुवात गरे। त्यसपछि ईच्छाकामना देवीकै स्वरुप मानी पूजापाठ गर्ने प्रचलन शुरु भएको हो। 

चितवनको ईच्छाकामना गाउँपालिका वडा नं ४ स्थित कुरिनटारमा राजमार्गसगै जोडिएको यस मन्दिर परिसर भक्तजनहरु माँझ आकर्षणको केन्द्रको रुपमा बिस्तारित हुदै गएको पाईन्छ। ईच्छाकामना देवीको मन्दिरसगै देबादिदेव महादेव शिबको मूर्ति समेत राखी पूजापाठ गर्ने गरेको छ। दैनिक पूजापाठ र सन्ध्या आरती हुने यस मन्दिरमा शनिबार बिशेष पूजा लाग्ने गर्दछ।