मुग्लिङ घाट

पबित्र पाबन मुक्तिदायीनी नदी त्रिशुली र मर्स्याङदी नदीको संगम स्थलमा अबस्थित मुग्लिङ घाट आदि प्रयागराज मानिने देबघाट भएर बग्ने नारायणी नदीको शिर हो। स्कन्द पुराण अनुसार समुन्द्र मन्थन पश्चात हलाहल बिषले औडा भएर शिब भगबान हिमालयन पर्बत क्षेत्र तर्फ जादा यसै घाटमा रहेको बिशाल भीमकाय ढुङगमा पल्टी एक रात बिताएका थिए भन्ने उल्लेख गरेको छ। मुक्तिदायीनी यो घाटमा उपबास बसी स्नान गर्नाले पितृ उद्धार हुने र आफू र आफ्नो परिबारको कल्याण हुने जन बिश्वास रहेको पाईन्छ। वरपर रहेका शक्तिशाली शक्तिपीठरुपी देवीहरु मनकामना, त्रिवेणी छिम्केश्चरी र ईच्छाकामनाको पाउलाई  मुग्लिङ घाटमा रहेका त्रिशुली र मर्स्याङदी नदीको जलराशीले अहोरात्र स्पर्श गरी पाबनीय बनाई रहेको देखिन्छ।