ऐना पहरा
मुग्लिङबाट पोखरा जाने क्रममा तन्हूँको आँबु खैरेनी बजार नपुग्दै राजमार्ग छेउमै पर्ने ऐना पहरा अहिले आकर्षक पर्यटन केन्द्रको रुपमा परिचित हुदै गईरहेको पाईन्छ। तनहुँको आँबुखैरेनी गाउँपालिका वार्ड नम्बर २ र ५ को सिमानामा रहेको ऐना पहरालाई मानव निर्मित संरचनाले झन थप आकर्षित तुल्याएक छ । राजमार्ग छेउमा मन लोभ्याउने झरनाले राजमार्गमा यात्रा गर्ने जो कोहीको मन लोभ्याउँछ । ऐना पहरा झरना अहिले सबैको रोजाईमा परेको छ । झरना र्हेर्नका लागि स्वदेशी तथा विदेशी पर्यटक सवारी साधनबाट उत्रिन्छन् । झरना अबलोकन गर्नुका साथै त्यहा रहेका पहरा र ढुङगाहरुमा कुदिएका आकर्षक कला र मूर्तिका कारण पनि सबैको आखामा परेको छ। ऐना पहरालाई गणेश भगवानको शिरबाट झर्ने झरना, काखमा बच्चा लिएको आमाको आकृति, परी लगायतको स्वरूपले थप आकर्षित बनाएको छ । तनहुँकै अग्लो छिम्केश्वरीको फेदीको सिउँढी खोलाको पानी पहरामा ठोक्किँदा निकै आकर्षक देखिन्छ ।