बक्रेश्वर महादेव मन्दिर

गोरखा जिल्लाको सहीद लखन गाउँपालिका–२ मनकामनामा रहेको बक्रेश्वर मन्दिर धार्मिक आस्थाको एउटा आकर्षक केन्द्रको रुपमा रहेको पाईन्छ । मनकामना मन्दिरबाट २ किमीको दूरीमा रहेको यस स्थल सम्म सजिलै सँग मोटरमा जान सकिन्छ। बोल्न नसक्ने बालबालिकालाई मन्दिरको दर्शन तथा पूजापाठ गराए बोल्छन् भन्ने धार्मिक विश्वास रहँदै आएकाले बक्रेश्वर मन्दिरमा टाढा टाढाबाट भाकल बुझाउन र पूजा गर्न भक्तजनहरुको ओईरो लाग्ने गर्दछ। स्वस्थानी व्रतकथामा स्वामी महादेवले सत्यदेवीको मृत शरीर बोकेर हिँड्दै जाँदा बक्रेश्वरी जङ्गलमा सतिदेवीको जिब्रो पतन भएको र सोही ठाउँमा बक्रेश्वर महादेवको उत्पत्ति भएको मानिन्छ। मन्दिरमा शिवरात्रि र तीज पर्वका दिन विशेष मेला लाग्ने गर्दछ। ।बक्रेश्वर मन्दिरमा भाकल गरेकाले भाकल पूरा गर्न मन्दिरमा रहेका महादेवलाई बेलपत्र, गाईको दूध, जनैसुपारी, पहेँलो कपडा, शङ्ख, घण्ट, रुद्राक्षको माला चढाउने गर्दछन् । मन्दिर पञ्चवलिसमेत चढ्छ ।

 मन्दिरमा हाँस, कुखुरा, भेडा, राँगो, बोकाको बली दिन्छन भने हरेक दिन बिहान नित्य पूजाका साथै बेलुकी धूपबत्ती गर्ने प्रचलन रहँदै आएको छ । मनकामना मन्दिरको प्रसिद्ध बर्षबन्धन पर्व पूजामा बक्रेश्वरमा पनि पूजा गरिन्छ।