छाव्दी बाराही मन्दिर
छाब्दी बाराही मन्दिर तँन्हू जिल्लाको सदरमुकाम दमौलीबाट ५ किलोमीटरको दूरीमा रहेको छ। यो मन्दिर माछाको पूजा गर्ने नेपालको एकमात्र मन्दिर हो। यस मन्दिरको कुण्डमा सुनको टीका लगाएको माछा देवीको रुपमा बास बसेको छ भन्ने जनबिश्चास रहेको छ।
यो मन्दिरमा हाँस, परेवा र राँगाको बली दिने चलन रहेको छ। सदियौ देखि साक्षत् देवीको रुपमा मानिने र भाकल गर्दा चाहे आटेका कुराहरु पूरा हुने भएकोले यस मन्दिरमा पूर्णिमा, पञ्चमी, अष्टमी, नया बर्ष तथा शनिबारका दिनहरुमा पूजा गर्ने भक्तजनहरुको बाक्लो भीड लाग्ने गर्दछ। औसी, एकादशी र साउन महिनाभर यहा पूजा लाग्दैन।
ब्यास ऋषिकी आमा मत्श्य कन्याले छाब्दी देवीको रुपधारण गरी उक्त स्थानमा उत्पति भएकोले पुजा हुदै आएको मन्दिरमा रहेको शिलालेखमा उल्लेख छ । छाब्दी कुण्डमा स्नान गरी उपवासपूर्वक पूजा गरेमा सबै खाले पापबाट मुक्त भइन्छ र मनोकामना पुरा हुने जनविश्वास छ। तीर्थारुले मन्दिर क्षेत्रमा कुखुरा, बोका र परेवा बलि चढाउँछन्।