गाेरखा दरबार

गोरखाको सदरमुकाम पोखरीथोक बजारको टुप्पोमा रहेको गोरखनाथ र गोरखा कालिका देवीको मन्दिर संगै रहेको गोरखा दरबार आफैंमा धार्मिक, ऐतिहासिक र भौगोलिक रूपमा पनि महत्वपूर्ण मानिन्छ। यो प्राकृतिक रूपले पनि निकै सुन्दर ठाउँमा छ। वि.सं. १९८६ मा राम शाहको पालामा उक्त दरबार निर्माण भएको इतिहास छ। 

राम शाहदेखि पृथ्वीनारायाण शाहसम्म सात पुस्ताले सोही दरबारमा बसेर शासन गरेका थिए। पुरानो कला कौशल, शाहवंशको इतिहास, गोरखाको धार्मीक साँस्कृतिक परम्परा झल्कने गरी निर्माण भएको गोरखा दरबार तत्काली राजा राम शाहको कार्यकालमा निर्माण भएको मानिन्छ। चार सय वर्ष पुरानो दरबारमा कलात्मक शैलीका झ्याल ढोका प्रयोग भएका छन्। दरबारभित्र पृथ्वी नारायण शाह बस्ने कोठा, उनलाई बाल्यअवस्थामा तेल लगाउने, नुहाउने ठाउँ, पुजापाठ कोठा, गद्धी छुट्टाछुट्टटै थियो। ५ सय हेक्टर क्षेत्रफलमा फैलिएको छ गोरखरा दरबार। माथिल्लो दरबार गोरखाको मुल दरबार हो भने दरबारसँग सम्बन्धित ऐतिहासिक महत्वका बस्तुहरु तल्लो दरबारमा राखिएको छ। जसलाई गोरखा दरबार संग्रहालय भनिन्छ। 

शाह राजाहरुले माथिल्लो दरबारबाटै आफ्ना कामकारबाही गर्ने हुनाले पनि माथिको दरबार मुल दरबार हो। तत्कालीन राजा पृथ्वीनारायण शाह पनि माथिल्लो दरबारमा जन्मिएका थिए। नुवाकोट जित्नुअघि १६१६ पछि १८०१ सम्म पनि राजधानी भने गोरखा नै थियो।