मनकामना केवुलकार​

नेपालको पहिलो केबुलकार मनकामना केबुलकार चितवनको ईच्छाकामना गाउँपालिकाको वडा नं ३ स्थित चेरेसमा अबस्थित रहेको छ। नेपालको पर्यटन उद्याेगलाई नै नबिन दिशा निर्देश गरेको गेम चेन्चर प्रडक्टको रुपमा यस केबुलकारलाई लिईन्छ। २०५४ सालमा तत्कालिन यूबराजधिराज स्व. दीपेन्द्र बीर बिक्रम शाहको बाहुलीबाट उदघाटन गरी सेवा प्रारम्भ गरेको मनकामना केबुलकारको माध्यमबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिरमा दर्शन गर्ने लाखौ भक्तजनहरु लाभान्वित भैएका छन। बार्षिक १२ लाख भन्दा बढी स्वदेशी तथा बिदेशी पर्यटकलाई सेवा दिने यस उद्योग दूरदर्शी ब्यबसायी स्वर्गिय लक्ष्यमणबाबु श्रेष्ठले स्थापना गरेका हुन।