मुग्लिङ बजार जोडिएको सानो टाकुरीमा अबस्थित मुग्लिङ बौद्ध गुम्बा २०४२ सालमा स्थापना भएको हो। वरपर रहेका पहाडी चुचुराहरुको साथै हिमालको मनोरम दृश्य देखिनुका साथै यस क्षेत्रबाट मुग्लिङ बजारको दृश्य र त्रिशुली मर्स्यादीको दृश्यले यहा आउने भक्तजनहरुको दिल र दिमागलाईनै आनन्दित तुल्याउछ। स्थानीय काजी लामा, स्व सिद्धी प्रसाद शेरचन, स्व पदम बहादुर गुरुङ, पोखरा निबासी स्व बिर बहादुर गुरुङको अगुवाईमा स्थापना भएको यस गुम्बामा हाल एकजना लामा पूजारी स्थायीरुपमा बसी नियमित पूजापाठका कार्यलाई नियमितता दिएको छ। बैशाख पूर्णिमाका दिन गुम्बामा बिशेष पूजा पाठ हुने गर्दछ।