तन्हूँ जिल्लाको आँबुखैरेनी गाउँपालिका र गोरखा जिल्लाको गोरखा नगरपालिका एबं शहीदलखन गाउँपालिकाले छुने आबुखैरेनी बजार नजिक मस्र्याङ्दी र दरौँदी नदीको संगमस्थलमा अबस्थित रहेको छ रामशाहघाट। न्यायप्रेमी तत्कालिन गोर्खाली राजा राम शाह मर्नु भन्दा एक हप्ता अगाडि यहाँ आएर बसेको र यही प्राण त्याग गरेको कारण देवघाटपछिको पुण्यघाटको रुपमा यो रामशाह घाटलाई मान्ने मानिन्छ ।
गोरखा नगरपालिकाका अधिकांश वडाबाट शव दोहनका लागि यस घाटमा ल्याउने गरिन्छ । घाट नजिकै ओमकारेश्वर शिव मन्दिर रहेको छ। मन्दिर क्षेत्र आसपास रहेको एक सय ७३ बर्ष पुरानो लक्ष्मी नारायण मन्दिर पनि छ। सो धार्मिक क्षेत्रमा जनैपूर्णिमामा जनै मन्तर्ने, शिवरात्रीमा धुनी जगाएर रातभर जाग्राम बस्ने र हरिवोधनी एकादशीमा सत्यनारायण पुजा गर्ने प्रचलन रहेको छ।